- शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशन बैठक सञ्चालन हुनुअघि नै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास र संवैधानिक नैतिकताको विपरीत भएको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसले संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशन बैठक सञ्चालन हुनुअघि नै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास र संवैधानिक नैतिकताको विपरीत भएको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
कांग्रेसले संसदीय शासन प्रणालीको मूल आधार कार्यपालिका संसद्प्रति उत्तरदायी हुने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै संसदलाई स्वतन्त्र विमर्श र निर्णय गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था मानिनुपर्ने बताएको छ। बैठक नै नबस्दै स्थगन गर्नुले संसदलाई कार्यपालिकाको सुविधा अनुसार चल्ने ‘औजार’ का रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम पैदा गरेको उसको भनाइ छ ।
पार्टीले “विशेष कारण” जस्तो अस्पष्ट आधारमा संसद स्थगन गर्नु र नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि प्रश्न उठाउने विषय भएको जनाएको छ। यस्तो प्रवृत्तिले नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुग्ने र जनआवाजलाई सीमित गर्ने प्रयास हुने कांग्रेसको ठहर छ।
आर्थिक चुनौती, सुशासनका समस्या तथा जनजीविकासँग जोडिएका विषयमा संसदमा हुने छलफलबाट सरकार पन्छिन खोजेको आरोप लगाउँदै कांग्रेसले यसले लोकतन्त्रको नियन्त्रण र सन्तुलनको आधार कमजोर बनाउने चेतावनी दिएको छ।
नेपाली कांग्रेसले अविलम्ब संसद बैठक सञ्चालन गर्न, स्थगनका वास्तविक कारण सार्वजनिक गर्न र संसदप्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ। अन्यथा संसदलाई प्रभावहीन बनाउने प्रयासविरुद्ध सदन र सडक दुवैबाट सशक्त आवाज उठाइने चेतावनी पनि दिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।