अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, दुई महिनामा २०० भन्दा बढी फर्काइए

२८ चैत्र, २०८२, शनिवार
सारांश
  • मानव बेनचबिख अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनी का अनुसार डिपोर्ट हुनेमध्ये १२ जना अवैध रूपमा अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए। बाँकी व्यक्तिहरूलाई विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो।

काठमाडौं: संयुक्त राज्य अमेरिका ले एकैपटक ३५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर विमानमार्फत नेपाल फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरे ले जानकारी दिएका छन्।

 

घिमिरेका अनुसार डिपोर्ट भएकाहरू गत अप्रिल ७ चैत २४, मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

 

मानव बेनचबिख अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनी का अनुसार डिपोर्ट हुनेमध्ये १२ जना अवैध रूपमा अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए। बाँकी व्यक्तिहरूलाई विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो।

 

पछिल्ला दुई महिनामा मात्रै अमेरिकाबाट २०० भन्दा बढी नेपालीहरू डिपोर्ट भइसकेका छन्। डोनाल्ड ट्रम्प को दोस्रो कार्यकाल सुरु भएयता आप्रवासन नीतिमा कडाइ गरिएको र अवैध रूपमा बसेका, भिसा अवधि नाघेका तथा नियम उल्लंघन गरेका आप्रवासीहरूलाई फिर्ता पठाउने क्रम बढेको बताइएको छ।

 

अमेरिकाले केही देशका नागरिकहरूलाई हतकडी र नेल लगाएर समेत फिर्ता पठाएको समाचारहरू पनि सार्वजनिक भइरहेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार