इनिशाको शव बुझ्न परिवार सहमत, आज अन्त्येष्टि गरिने

२०८२ चैत्र १९ विहिवार
सारांश
  • सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव बुझ्न परिवार सहमत भएको छ ।

सुर्खेत, १९ चैत्र । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव बुझ्न परिवार सहमत भएको छ ।

 

फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत भेटिएकी इनिशाको २७ दिनपछि शव बुझेर आज अन्त्येष्टि गर्न लागिएको हो ।  आज भेरी नदीको सम्झिघाटमा इनिशाको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

 

सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो । घटनामा संलग्न चार जनालाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएको हो ।

जिल्ला अदालतको आदेशअनुसार आरोपितहरूलाई बाल सुधार गृह पठाइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मध्यपूर्वको युद्ध, तेलको मूल्य वृद्धि र समुन्द्री मार्ग होर्मुजको रणनैतिक महत्व

यो जलमार्ग करिब ५० किलोमिटर (३१ माइल) चौडा प्रवेशद्वारबाट सुरु हुन्छ र यसको सबैभन्दा साँघुरो बिन्दु मात्र ३३ किलोमिटर चौडा छ। यही साँघुरो गलियाराले फारसको खाडीलाई अरब सागरसँग जोड्छ।

थप समाचार