उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत
२०८२ चैत्र १९ विहिवार
- बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।
काठमाण्डौ, १९ चैत्र । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।
विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए ।
यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।
स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ ।
यस्तो प्रतिकूल परिस्थितिमा पनि अत्यन्तै संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताए ।
उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धिपछि यो अनुपात झण्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ ।
यससँगै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू समेत उल्लेखनीय रूपमा बढेका छन् ।
हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नु बाहेक अन्य विकल्प नरहेको कम्पनीले जनाएको छ । स्थिति सामान्य बन्दै जाँदा पर्यटन क्षेत्र पुनः सशक्त रूपमा उभिने विश्वास पनि व्यक्त गरिएको छ ।
पर्यटन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारले सहकार्य गर्दै यस क्षेत्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । यी सबै चुनौतीपूर्ण परिस्थितिकाबीच पनि बुद्ध एयर नवनिर्वाचित सरकारसँग सहकार्य गर्दै हवाई सेवा तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।