विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र
२०८२ चैत्र १८ बुधवार
- लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।
रौतहट: नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो।
गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।
प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले महसुल तिर्न अझै आलटाल गरिरहेका छन्।
हाल पहिलो चरणमा सडक बत्ती बाहेकका अन्य बक्यौता उठाउने कार्य भइरहेको गौर वितरण केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्मको अवधिमा ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ बक्यौता रहेका कुल २ हजार ४५ जना ग्राहकको लाइन काटिएको हो । तीमध्ये १ हजार ७७२ ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर लाइन सुचारु गरिएको छ । कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुल गरिएको छ। साथै, विद्युत चुहावट (चोरी) मा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको उनले जानकारी दिए ।
कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमा विवादको झडप बारे बाजुराका चार स्थानीय तहले के भने ?
-
दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश
-
तेक्वान्दो खेलाडी वैभवी सापकोटा भक्तपुरको उत्कृष्ट वर्ष खेलाडी घोषित
-
सरकारले संसदमा उठेका प्रश्नको जवाफ दिन्छ- बुर्लाकोटी
-
संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहन्छ, निलम्बित हुन तयार छौं- हर्क साम्पाङ
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।