जबरजस्ती करणीको अभियोगमा कैलाली र संखुवासभाबाट दुई जना पक्राउ

२०८२ चैत्र १६ सोमवार
सारांश
  • जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलाली र संखुवासभाबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ, १६ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलाली र संखुवासभाबाट दुई जनालाई पक्राउ गरेको छ ।

 

कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बेलुकी पक्राउ गरिएको हो। पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।

 

यस्तै, संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटेका १९ वर्षीय निसान कार्कीलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ पक्राउ गरिएको छ । 

 

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार