मुस्ताङ एयरको हेलिकप्टर सकुशल भेटियो

१३ चैत्र, २०८२, शुक्रवार
सारांश
  • हेलिकप्टर अपर लाप्चे गुम्बा नजिक रहेको हेलिप्याडमा सुरक्षित अवतरण भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेका छन् ।

काठमाडौँ: सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण गरेको अवस्थामा भेटिएको छ ।

 

हेलिकप्टर अपर लाप्चे गुम्बा नजिक रहेको हेलिप्याडमा सुरक्षित अवतरण भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेका छन् ।

 

नागरिक उड्ययन प्राधिकरणका अनुसार काठमाडौंबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको नाइन एन–एएनओ कलसाइन भएको हेलिकप्टर मध्याह्न १२:४५ बजेदेखि सम्पर्कविहिन भएको थियो । उक्त हेलिकप्टर दोलखाको बिगु गाउँपालिका–१ लुम्नाङबाट उडेर लाप्त्चेतर्फ जानेक्रममा सम्पर्कविहीन बनेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार