आज र भोली देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
२०८२ चैत्र ०६ शुक्रवार
- राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले आज र भोली देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाण्डौ, ०६ चैत्र । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले आज र भोली देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ ।
त्यसैगरी शुक्रबारदेखि दाङ, नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
त्यस्तै प्राधिकरणले काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा अनुरोध गरेको छ ।
साथै हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गरेको छ ।
मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी सतर्क रहन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’