नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ, ०२ चैत्र । ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

 

श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानुनी तवरले निक्षेपकर्ता एवम् संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसूरमा संलग्न रहेका हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमश: १९ करोड ४६ लाख १ हजार ६६२ रूपैयाँ जरिवाना, ३ वर्ष कैद र ३ करोड २१ लाख ३९ हजार ६८१ जरिवाना तथा ३ वर्ष कैद सजाय ठहर गरेको थियो । 

 

केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-५ सितापाईलाबाट आइतबार पक्राउ गरेको हो ।

 

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको  छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार