म्यानमारबाट तीन नेपालीको उद्धार

२७ फाल्गुन, २०८२, बुधवार
सारांश
  • उद्धार गरिएका तीनै जनालाई फागुन २७ गते बैंककबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काइएको राजदूतावासले जानकारी दिएको छ ।

काठमाडौँ: म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ।

 

नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्न लगाइएको थियो । राजदूतावासले म्यानमार र थाइल्याण्डका सम्बन्धित निकायसँग समन्वय गरी म्यानमारको म्यावडी क्षेत्रबाट उनीहरूको उद्धार गरेको जनाएको छ ।

 

उद्धार गरिएका तीनै जनालाई फागुन २७ गते बैंककबाट नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काइएको राजदूतावासले जानकारी दिएको छ ।

 

राजदूतावासले वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेको छ । साथै छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहाना गरेर रोजगारीका लागि नजान पनि सबैलाई नेपाली राजदूतावास बैंककले आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार