काठमाडौंमा मतदान स्थल निर्माण धमाधम

२०८२ फाल्गुण २० बुधवार
सारांश
  • फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् ।

काठमाण्डौ, २० फाल्गुण । फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् ।

 

काठमाडौं क्षेत्र न १ को मतदान केन्द्र रहेको रत्नराज्य मतदान केन्द्र ‘ख’ को मतदान स्थलमा बुथ निर्माणको कार्य भइरहेको बताएका हुन् ।

 

उनका अनुसार निर्वाचन आचारसंहिताअनुसार शान्ति भंग नगर्ने, मदिरा बिक्री वितरणमा रोक लगाउने तथा निषेधित क्षेत्र सम्बन्धी मुचुल्का ४८ घण्टा अगावै टाँसिसकिएको छ ।

 

‘हामीले अस्तीदेखि चार–पाँच वटा मुचुल्का टाँस्नुपर्ने थियो । ती सबै प्रक्रिया पूरा गरिसकेका छौँ,’ उनले भने ।

 

यसैगरी, हिजो राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक गरी आवश्यक निर्णयहरू समेत गरिएको उनले जानकारी दिए ।

 

मतदान केन्द्रमा बुथ निर्माणको कार्य भइरहेको र त्यसपछि भोलिको मतदानका लागि सम्पूर्ण तयारी पूरा गरिने मतदान अधिकृत आचार्यले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार