बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा अनधिकृत प्रवेशमा निषेध

८ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • महानगरको वातावारण विभागका अनुसार उक्त स्थलमा दैनिक रूपमा २४ स्थानीय तहबाट संकलित फोहरमैलाको अन्तिम व्यवस्थापन हुँदै आएको छ । तर पछिल्लो समय फोहरमैला तथा कवाडी संकलन गर्ने अनधिकृत व्यक्तिहरू र अन्य असम्बन्धित व्यक्तिहरूको प्रवेशका कारण स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको जनाइएको छ ।

काठमाडौँ: काठमाडौँ महानगरले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अब अनधिकृत व्यक्तिको प्रवेश पूर्णरूपमा निषेध गरेको छ ।

 

महानगरको वातावारण विभागका अनुसार उक्त स्थलमा दैनिक रूपमा २४ स्थानीय तहबाट संकलित फोहरमैलाको अन्तिम व्यवस्थापन हुँदै आएको छ । तर पछिल्लो समय फोहरमैला तथा कवाडी संकलन गर्ने अनधिकृत व्यक्तिहरू र अन्य असम्बन्धित व्यक्तिहरूको प्रवेशका कारण स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको जनाइएको छ ।

 

ल्यान्डफिल क्षेत्रमा फोहर विसर्जनका क्रममा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर लगायतका भारी सवारी साधन निरन्तर सञ्चालनमा रहने भएकाले अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटनाको सम्भावना उच्च हुने महानगरले जनाएको छ । यही जोखिमलाई ध्यानमा राख्दै २०८२ फागुन ८ गतेदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्णरूपमा रोक लगाइएको हो।

 

महानगरले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि उक्त क्षेत्रमा प्रवेश नगर्न र नगराउन अनुरोध गरेको छ ।

 

सूचनाको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । साथै अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित व्यक्तिलाई कानुनी सजाय हुने स्पष्ट गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार