- रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
रौतहट, ०१ फाल्गुण । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका–२ का २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।
नोटमा शंका लागेपछि पसलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले बिआर.३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा दिनेश पटेलको साथबाट १२ थान र विवेकप्रसाद यादवले मोबाइल कभरमा लुकाएको २ थान गरी जम्मा १४ थान एक हजार दरका नक्कली नोट फेला पारेको हो ।
बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’