शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

२०८२ पुष १६ बुधवार
सारांश
  • नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र एकतर्फी सञ्चालन गरिने भएको छ ।

काठमाण्डौ, १६ पुष । नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र एकतर्फी सञ्चालन गरिने भएको छ ।

 

सडक विभागको आयोजना निर्देशनालयले विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा  सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केहि स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भइरहेकोले एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको जानकारी दिएको छ ।

 

निर्देशनालयले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

 

साथै यस सडक खण्डमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको अवस्थामा पुर्व पश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल तथा काठमाडौँबाट बर्दघाट पश्चिम जाने/ बुटवल-काठमाडौँ जाने सवारी साधनहरु: काठमाडौँ-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल दुई पांग्रे र फोर ह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडक:  दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा प्रयोग गर्न आग्रह गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार