नेपाल डेरी एसोसिएसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ पुष ०४ शुक्रवार
सारांश
  • पोखरामा नेपाल डेरी एसोसिएसनले ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा, ४ पुष । पोखरामा नेपाल डेरी एसोसिएसनले ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमको प्यानल छलफलमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् ।

 

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाहद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको महत्वपूर्ण आधार भए पनि पछिल्लो समय लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलले उद्योग दबाबमा परेको बताए । “किसानदेखि उद्योगसम्म सबै प्रभावित छन्, दीर्घकालीन नीति र कार्यान्वयन बिना यो क्षेत्र टिकाउ हुन सक्दैन,” उनले भने ।

 

पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरीयाले स्थानीय सरकार दुग्ध क्षेत्रको विकासप्रति संवेदनशील रहेको उल्लेख गर्दै महानगरपालिकाले सहुलियत, प्रवर्द्धन कार्यक्रम र सहकार्यका माध्यमबाट सहयोग गर्न सक्ने बताए ।

 

भेटनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले पशु स्वास्थ्य, गुणस्तरीय दूध उत्पादन र रोग नियन्त्रणमा चुनौती रहेको औंल्याए । उनले वैज्ञानिक पशुपालन, खोप कार्यक्रम र किसानलाई प्राविधिक ज्ञान आवश्यक रहेको बताउँदै भने, “उत्पादन बढाउने मात्र होइन, गुणस्तर कायम गर्नु आजको मुख्य चुनौती हो ।”

 

नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष शिवहरी आचार्यले गण्डकी प्रदेशमा दुग्ध क्षेत्रको ठूलो सम्भावना भए पनि आयातित दूध र प्रशोधित दुग्धजन्य पदार्थका कारण स्थानीय उद्योग प्रभावित भएको बताए । “प्रदेशस्तरमै संरक्षणमुखी नीति र उद्योग–किसानबीचको सम्बन्ध मजबुत बनाउनुपर्छ,” उनले जोड दिए ।

 

कार्यक्रमका सहजकर्ता सुरेन्द्र पौडेलले दुग्ध क्षेत्रका समस्या बहुआयामिक रहेको उल्लेख गर्दै समाधानका लागि सरकार, निजी क्षेत्र र किसानबीच समन्वय अपरिहार्य रहेको निष्कर्ष सहित नीति, बजार, उत्पादन र उपभोग सबै पक्षलाई समेटेर बहसलाई अगाडि बढाउनुपर्ने बताए ।

 

सहभागीहरूले नीतिगत सुधार, बजार सुनिश्चितता, गुणस्तर नियन्त्रण र सबै तहको सहकार्यबाट मात्र दुग्ध क्षेत्रको दिगो विकास सम्भव हुने एकमत भएका छन्

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार