ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ: मेयर महर्जन
२०८२ मङ्सिर १९ शुक्रवार
- विश्व स्वयंसेवक दिवस तथा २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् ।
ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् ।
विश्व स्वयंसेवक दिवस तथा २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् ।
उनले भने, ‘देशभर रहेका ७५३ स्थानीय तहमध्ये २९३ नगरपालिका छन् । ती सबै नगरपालिका मध्ये ललितपुर महानगरपालिकालाई जनताले सकारात्मक ढंगले काम गर्ने पालिका भनेर चिनिन्छ ।’
स्वास्थ्य क्षेत्रमा गरिएका कार्यको प्रशंसासमेत महर्जनले जनताबाटै प्राप्त भएको बताए । ‘हामीसँग स्वास्थ्य क्षेत्रमा धेरै विज्ञता नभए पनि जनताले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने गरेकोले महानगरपालिका यस क्षेत्रमा पनि चिनिएको हो,’ उनले भने ।
कार्यक्रममा महर्जनले समुदायमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै उनीहरूकै मेहनतका कारण स्वास्थ्य सेवामा सहजता आएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’