सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

२०८२ मङ्सिर १४ आइतवार
सारांश
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्।  महेशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनाको घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्।  महेशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भईरहेको छ  । दिपेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रहरीका अनुसार बिहान पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुगा तर्फ आउँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । घटनापछि बस चालक फरार रहेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार