- पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भने, ‘नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरु उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।’
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् ।
सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।
महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् ।
पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भने, ‘नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरु उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।’
नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरु असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको बताउँदै आहुतिले भने, ‘नयाँ राज्यको संरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयहरुको आधारभूत नीतिहरुका बारे हामीले प्रष्ट खाका ल्याएकाछौं ।’
वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमीक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो ।
निश्चित प्रतिनिधिहरुले सरोकारवाला आम जनसमुदायको निर्णय गर्ने भएको हुनाले यो अवस्था आएको बताउँदै उनले भने, ‘यसको समाधानको लागि सम्पूर्ण सम्पत्तिको मालिक श्रमजीवी समुदाय हुने, निजी सम्पत्तिको अन्त्य हुने र समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता हुने नयाँ वैज्ञानिक समाजवादी कार्यक्रम आवश्यक छ ।’
वर्तमान संघीयता पीरामिड आकारमा हुँदा निश्चित शासकहरुले मात्रै शासन गर्ने र बहुसंख्य जनता उत्पीडनको जाँतोमा पिसिने भएकाले यसको विकल्पमा समतलीय र सहमतिय व्यवस्थामार्फत सबै समुदाय राज्यको नेतृत्वमा पुग्ने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।