सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

४ मार्ग, २०८२, बिहिवार
सारांश
  • पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

दिपेश पौडेल / रौतहट

रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

 

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ । घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन।सिमरा बजार क्षेत्र अहिले  पुनः तनावग्रस्त बनेको छ । जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।

 

सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार