- नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ ।
रौतहट: भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।
भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ ।
नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिएको उनले बताए ।
सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’