- विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
काठमाडौँ, १७ कार्त्तिक । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
विभागले विधुतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ ।
त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर-टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ ।
त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।