- विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
काठमाडौँ, १७ कार्त्तिक । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
विभागले विधुतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ ।
त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर-टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ ।
त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रीबाट राजीनामा दिन्न, आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु- कुलमान घिसिङ
-
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
-
सी जिनपिङले दिएको उपहारको फोनमा कोरियाली राष्ट्रपतिले भाइरस जाच्न आदेश दिएपछि...
-
ट्रम्पले भने- पाकिस्तानले पनि आणविक हतियार परिक्षण गर्दैछ
-
दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
धेरै पढिएको
विशेष
नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा
यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।