देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

काठमाडौँ : काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् । 

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । 

 

अवरुद्ध राजमार्ग:

१- संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

 

२- इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

 

३- पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध । 

 

४- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

 

५- काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको छ । 

 

६-  रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध । 

 

७ सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

 

८- रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका-१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध । 

 

९- मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

 

१०- म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

 

११- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ । 

 

१२- डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार