साँझ ५ बजेपछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक
२०८२ कार्त्तिक १३ विहीवार
- जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ ।
रामेछाप: सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ ।
सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन, कात्तिक १३ र १४ गते साँझ ५ः०० बजे देखि बिहान ५ः०० बजेसम्म काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ ।
‘बर्षाद् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि मिति २०८२।०७।१३ र १४ गतेका (साँझ ५ः०० बजे देखि बिहान ५ः०० बजेसम्मको समयमा) लागि बिपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ । विशेष गरी बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’