अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

२०८२ कार्त्तिक १३ विहीवार
सारांश
  • सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो ।

पोखरा : सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको छ । अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपुर्ण बेश क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो ।

 

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्वार गरिएको हो । सबै पर्यटकको उद्वार भएपछी यतिखेर बेशक्याम्प खाली भएको छ ।

 

३ दिनको निरन्तर प्रयासपछि बेशक्याम्प हिंडेका केही पर्यटकलाइ बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेशक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो । कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेशक्याम्पबाट तल झारिएकासहित १ सय ६२ जनाको उद्वार भएको हो । उद्वार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

 

उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्वार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार