पर्सि विहानसम्म यी सात जिल्लामा सतर्क रहन मौसम विभागको आग्रह

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

काठमाडौँ :जल तथा मौसम विज्ञान विभागले आजराती देखि पर्सि बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ ।

 

विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

 

विभागले पर्सि विहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको जानकारी दिएको छ ।

 

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार