तिहार फ्लोरा एक्स्पोमा मनिषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह

२०८२ कार्त्तिक ०१ शनिवार
सारांश
  • नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सम्पन्न उक्त मेलाको समापन अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थितिमा गरिएको हो ।

काठमाडौँ, १ कार्त्तिक । काठमाडौंको भृकुटीमण्डपमा असोज २८ गतेदेखि सञ्चालनमा आएको तेस्रो तिहार फ्लोरा एक्स्पो शनिबार समापन गरिएको छ ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सम्पन्न उक्त मेलाको समापन अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थितिमा गरिएको हो ।

 

समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले प्राकृतिक सौन्दर्य र वनस्पतिको संरक्षणप्रति जोड दिइन् । उनले भनिन्, ‘हामीले विदेशी फूलहरू पनि ल्याएर बुझ्नुपर्छ, कस्तो हुन्छन् भनेर जान्नुपर्छ । तर आफ्नै माटोमा हुर्किएका पूराना बोटबिरुवालाई हेप्नु हुँदैन ।’

 

उनले नेपाललाई प्रकृतिले सजिएको सुन्दर देशको रूपमा चित्रण गर्दै वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने बताइन् । ‘हामीले वातावरण बुझेर सफा राख्नुपर्ने, बोटबिरुवालाई माया गर्ने र संरक्षण गर्ने प्रयास गर्नुपर्छ,’ उनले भनिन् ।

 

एक्स्पोमा विभिन्न प्रजातिका गमलाका फूल, फलफूल नर्सरी तथा कृषि प्रयोजनका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । मेलामा ७० वटा स्टल स्थापना गरिएका थिए, जहाँ ज्योतिषीय, औषधीय, सजावटी तथा उपयोगी वनस्पतिको समुचित प्रदर्शन गरिएको थियो ।

 

पाँच दिनसम्म सञ्चालन भएको फ्लोरा एक्स्पोले नर्सरी व्यवसाय प्रवर्द्धनसँगै वातावरणप्रेमी नागरिकहरूलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार