काठमाडौँमा देउसी-भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

२०८२ कार्तिक ०१ शनिवार
सारांश
  • काठमाडौँमा राति नौं बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

काठमाडौँ, १ कार्तिक । काठमाडौँमा राति नौं बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै देउँसी-भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९ बजेसम्म गर्न समय तोकिदिएको छ ।

 

प्रशासनले सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी-भैलो खेल्न नपाइने जानकारी दिदै सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन नपाइने जनाएको छ ।

 

काठमाडौँ प्रशासनले तिहार लक्षित गरेर निम्नानुसार गर्न गराउन आग्रह गरेको छ :

 

१- दिपावलीको अवसरमा मैनवत्ती तथा विजुलीको प्रयोग गर्दा सावधानी अपनाउनु हुन, आतिसवाजी, पटाका, भुइचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद-बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न/नगराउनु हुन ।

 

२- देउँसी-भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका ९:०० बजेसम्म गर्नुहुन ।

 

३- देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउनुहुन ।

 

४- सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी-भैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन पाइने छैन ।

 

५- चाडपर्वको समयमा आ- आफ्नो घर / निवासको सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको विषय सर्वविदितै छ । अतः घर खाली नहुने गरी चनाखो र सतर्क भै आ-आफ्नो घर रेखदेख गर्नुहुन, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउनुहुन र शंकाष्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा इकाईमा खबर गर्नुहुन अनुरोध छ ।

 

६- चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल् पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउनु हुन। अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरितका कार्यहरु नगर्नु/नगराउनुहुन ।

 

७- सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने/गराउने ।

 

८- गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्ने ।

 

सूचनामा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरे / गराएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोलनं. १०० वा मोवाइल नं. ९८५१२८३०२६, ९८५१२८३८३६ मा सम्पर्क गरी जानकारी गराउनुहुन समेत अनुरोध छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार