सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ ।

काठमाडौं : सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाका रिटहरु पर्न शुरु भएका छन् ।

 

अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ ।

 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्र्पति रामचन्द्र पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीको सिफारिसमा संसद विघटन गरिएको भएको थियो ।

 

फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यादेश पाएर सरकारले काम गरिरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषय अबको दिनमा राजनीतिको केन्द्र हुने देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार