- इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।
इलाम, १९ असोज । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा पहिरोबाट मानवीय क्षति भएको छ ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ ।
यसैगरी, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव फेला परेको थियो भने एक जनाको अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
यता, इलामको देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । सो घरबाट एक जनाको सकुशल उद्धार गरिएको छ ।
त्यस्तै, माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिका–३ रातोमाटेका सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’