- शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो ।
हेटौंडा : लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो ।
मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार काठमाडौं हिँडेका सवारी साधनलाई कलङ्की र सिमखोला आसपासका क्षेत्रमा रोकिएको छ । यात्रुहरूलाई तत्काल वैकल्पिक व्यवस्था नभएको र सडक खुलेपछि मात्र गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए ।
यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ । प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ ।
प्रशासनका अनुसार लगातारको वर्षा जारी रहेकाले अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम उच्च रहेको छ ।
सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा यात्रुहरू मारमा परेका छन्। यातायात बन्द हुँदा दैनिक जीवन प्रभावित भएको छ भने आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने देखिएको छ । अधिकारीहरूले मौसम सुधार भएसँगै पहिरो हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।