- राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, दशैँ, तिहार लगायतका पर्व अगाडिका बिहीबारको दिन क्रेता र बिक्रेताहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।
रामेछाप : पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ ।
राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, दशैँ, तिहार लगायतका पर्व अगाडिका बिहीबारको दिन क्रेता र बिक्रेताहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।
बिहीबारको हाट हिउँदमा गहत, मस्याङलगायतका गेडागुडी खरिद बिक्रीको लागि तथा दशैँको समयमा कुखुरा, बोका र खसी किनबेचको लागि निक्कै चर्चित छ । बिहीबारको हाटमा अन्य उपभोग्य सामाग्रीको साथै खसी, बोका र कुखुरा तथा कपडा, तरकारी लगायतका सामान खरिद गर्ने मानिसहरूको निक्कै भीड थियो ।
हाटमा खसी–बोका तथा उपभोग्य सामान खरिदको लागि जिल्लाका विभिन्न भागका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे लगायतका जिल्लाका मानिसहरू भेला भएका थिए । खसी, बोका र कुखुरा बिक्री गर्न रामेछाप र सिन्धुलीका किसानहरूले रामेछाप हाटमा ल्याएका थिए ।
रामेछाप हाटमा पहिला सिन्धुलीको तीनपाटन, ग्वालटार लगायतको क्षेत्रबाट चामल, चिउरा, सिन्धुलीको बितिजोरबाट केरा, रामेछापका विभिन्न गाउँबाट तरकारी र तराइसम्मका व्यापारीहरूले दैनिक उपभोग्य सामान बिक्रीको लागि ल्याउने गर्दथे ।
अहिले सडक विस्तारसँगै रामेछाप बजार आउने उपभोग्य सामान र उपभोक्ताको क्षेत्र साँघुरिँदै गएको छ । तथापि चाडबाडमा भने विशेष हाट लाग्ने गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।