बालेनलाई हर्कको जवाफ- लुकेर गेम खेल्दै स्टेटस लेख्न सजिलो छ, देशले कति गुमायो थाहा छ ?

२०८२ भाद्र ३१ मङ्गलवार
सारांश
  • बालेनले लेखे- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा यति बेला फेसबुकमा निकै आक्रामक स्ट्याटस लेखिरहेका छन् । उनले सामाजिक सञ्जालमा लगातार लेखिरहेका स्ट्याटस अहिले चर्चाको विषय पनि बनेको छ । कतिले उनको फोन खोसिदिनु पर्ने ठट्टा समेत गर्न थालेका छन् ।

 

यसबीच हर्क र बालेनको सम्बन्ध जेनजी आन्दोलनपछि सुखद नभएको स्वयं हर्कले बालेनका बारेमा लेखेको बाटै बुझ्न सकिन्छ । प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ हाएका हर्क त्यति बेला निराश भए जब बालेनले प्रधानमन्त्रीमा सुशिला कार्कीको समर्थन गरे ।

 

अब हर्कले बालेनविरुद्ध लगातार लेख्दै आएका छन् । यसैबीच मंगलबार बालेनले हर्क साम्पाङलाई जति गालि गरेपनि आफुले तिमीलाई माया गर्न नछोड्ने भन्दै लेखे । बालेनले लेखे- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रू लभ । 

 

अब हर्क साम्पाङले यसको जवाफ दिएका छन् । हर्कले भनेका छन्- 'लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार