टोप बहादुर रायमाझी पनि जेलबाट भागे

२०८२ भाद्र २५ बुधवार
सारांश
  • काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन ।

काठमाडौँ, २५ भाद्र । काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन ।

 

कारागार स्रोतका अनुसार सुन्धारा कारागारबाट रायमाझीसहित सयौं कैदी भागेका छन् । गएरातीदेखि नै कैदीहरुले तोडफोड शुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिने अवस्था नबनेपछि कैदीहरु भागेका थिए । 

 

यसैक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझी पनि भागेको बताइएको छ । अहिले रायमाझी कहाँ छन् भन्ने स्पष्ट रहेको छैन । हाल कारागारलाई सेनाले नियन्त्रणमा लिएको छ ।

 

केन्द्रीय कारागार बाहेक देशका कैयौं कारागारबाट हजारौं कैदी भागेका छन् र यो क्रम रोकिएको छैन । 

 

यसअघि मंगलबार सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार