- सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित कार्यपत्रहरू प्रस्तुत गरिनेछ । सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।
सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित कार्यपत्रहरू प्रस्तुत गरिनेछ । सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
कार्यक्रममा सरकारी वकीलहरूको पेशागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिनेछ भने घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ ।
सम्मेलनको उद्घाटन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहनेछिन् । साथै सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, राष्ट्रिय महिला आयोग, महान्यायाधिवक्ता कार्यालय, नेपाल न्याय सेवा, नेपाल बार एसोसिएसन, र विभिन्न अदालतहरूमा कार्यरत महिला न्यायाधीशहरूको पनि उपस्थिति रहनेछ ।
यस्तै, सम्मेलनको समापन समारोहमा न्यायाधीश धारणा सुवेदी प्रमुख अतिथि रहने कार्यक्रम छ ।
महान्यायाधिवक्ताको कार्यालयले यो सम्मेलनलाई महिला सरकारी वकीलहरूको आवाज राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’