भारतीय नेशनल डिफेन्स कलेजको भ्रमण दल जङ्गी अड्‍डामा

२०८२ भाद्र १५ आइतवार
सारांश
  • नेभरहुड स्टडी टूर अन्तर्गत नेपाल भ्रमणमा आएको भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ, १५ भाद्र । भारतीय नेशनल डिफेन्स कलेजमा सञ्चालन भई रहेको नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी एवं सङ्काय सदस्यहरू सम्मिलित भ्रमण दल अध्ययन भ्रमणको क्रममा नेपाल आएको छ ।

 

प्रधान सेनापति अशोक राज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजकाका एडिसनल सेक्रेटरी आइआरपीएस, रेखा यादवबीच जङ्गी अड्डा भ्रमणका दौरान शिष्टाचार भेटघाट भएको छ ।

 

शिष्टाचार भेटघाट पश्चात् भ्रमण दलका सदस्यहरूलाई नेपाली सेनाको बारेमा जानकारी समेत गराइएको थियो ।

 

नेभरहुड स्टडी टूर अन्तर्गत नेपाल भ्रमणमा आएको भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

 

यस किसिमको अध्ययन भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार