धोबी खोला क्षेत्रमा तीन हजार रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ’
२०८२ भाद्र ०९ सोमवार
- सबै शौचालयको सेफ्टी ट्यांकी बनाइने हो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरु सफा हुने उनको भनाइ छ ।
काठमाडौं: काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् ।
सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र नभई व्यक्तिको नाममा दर्ता भएको पनि खुलासा गरे ।
उनले भने,‘डाटा हेर्दा एक लाख ३४ हजार तीन हजार ५९ वर्गमिटर स्क्वायर अतिक्रमण छ । धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र छैन् दर्ता पनि छ । एउटा त बुद्धनगर वरिपरी चर्चित कम्पनी छ त्यसको नाममा तीन रोपनी १० आना जग्गा छ ।’
त्यस्तै उनले खोला किनारमा बनेका घरहरुका शौचालय ढलमा जोडिएको कारण काठमाडौंका नदीहरु फोहोर भएको पनि बताए । सबै शौचालयको सेफ्टी ट्यांकी बनाइने हो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरु सफा हुने उनको भनाइ छ ।
उनले भने,‘काठमाडौंका नदीनालाहरु जसरी फोहोर भए, त्यो कारण के हो त ?सबैको शौचालय ढलमा जोडियो र ढल खोलामा गयो । यसमा सजिलो उपाय के छ भने उहाँहरुले सेफ्टी ट्यांकी बनाइदिनुपर्छ । त्यति गर्यो भने एक वर्षभित्र काठमाडौंका सबै नदी नालाहरु सफा हुन्छ ।’
त्यस्तै, युवराज कोइरालाले ललिता निवासको अपचलन भएको एक सय ४३ बिगाह जग्गा सर्वोच्च अदालतको विशेष मिलेमतोमा सरकारको नाममा आउनबाट रोकिएको आरोप लगाए । विभिन्न राजनीतिक दलहरु, व्यवसायीहरु र अदालतका न्यायाधीशहरुको पनि मिलेमतो रहेको उनको आरोप छ ।
उनले भने,‘अहिले सर्वोच्च अदालतको विषेश मिलेमतोमा ललिता निवासको जग्गा सरकारको नाममा आउनबाट रोकिएका ललिता निवासको अपचलन भएको एक सय ४३ बिगा जग्गाको विषयमा हामीले अहिले सर्वोच्चको विषेश मिलेमतोमा ललिता निवासको जग्गा सरकारको नाममा आउनबाट रोकिएको छ । यसमा के देखिएको छ भने विभिन्न राजनीतिक दलहरु, व्यवसायीहरु र अदालतका न्यायधीशहरुको पनि मिलेमतो देखिएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।