- गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए ।
बर्दिया: बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ ।
विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो ।
मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो ।
विशेष सुराकीको आधारमा शशस्त्र प्रहरी नायव निरिक्षक कमल बहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाईएको थियो ।
स्पेशम्यान एसपि चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मुल्य ४८ लाख पाँच हजार रहेको छ ।
गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए ।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पुरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको शशस्त्र प्रहरी उपरिक्षक शाहीले बताए । खुला सिमानाका कारण नेपाल भारत सिमा क्षेत्र अबैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।