रास्वपाको हस्ताक्षर अभियान: अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध भएको भन्दै शुरु गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।

 

रास्वपा प्रवक्ता मनिष झाका अनुसार आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ भने अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको छ ।

 

प्रवक्ता झाका अनुसार हस्ताक्षर संकलन अभियान पश्चिम देखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ ।

 

बुधबारदेखि शुरु भएको 'देश यात्रा' सुदूरपश्चिमको कञ्चनपुरबाट सुरू भएको छ भने यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य दीपक बोहराले गरिरहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार