करणी मुद्दामा फरार दिपक कुमार श्रेष्ठलाई पक्राउ गऱ्यो इण्टरपोलले
२०८२ भाद्र ०५ बिहिवार
- जबरजस्ती करणी मुद्दामा इण्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपक कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ, ५ भाद्र । जबरजस्ती करणी मुद्दामा इण्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका-३ घर भएका दिपक कुमार श्रेष्ठ पक्राउ परेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इण्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इण्टरपोल शाखाले जनाएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।