- बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएको युवक गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का सहाबुद्दिन मिया रहेको बुझिएको छ । उनका काका अब्दुल ओहिदले पहिचान गरेका हुन् । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
घटनास्थलबाट हत्यामा प्रयोग भएका चक्कु बरामद भएको समेत उनले जानकारी दिए । प्रहरी टोलि तत्काल घटनास्थलमा पुगेकाले उक्त घटनामा संग्लन एक जनालाई पक्राउ गरिएको उनले बताए ।
गौर नगरपालिका–३ बस्ने २० बर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको हो । बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि दुबै जना बिच चक्कु हानाहान भएको बुझिएको छ । चक्कु प्रहार गर्नेको पनि हात काटिएको छ ।
पक्राउ परेका रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।