श्री अरविंदो १५३औं जन्मजयन्ती विशेष कार्यक्रम सहित मनाइँदै
२०८२ भाद्र ०३ मङ्गलवार
- कार्यक्रममा शास्त्रीय भरतनाट्यम नृत्य, नेपाली लोकनृत्य, भजनहरू तथा आध्यात्मिक गीतहरू प्रस्तुत गरिनेछ। आयोजक संस्थाका अनुसार कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क र खुला हुनेछ।
काठमाडौं – भारतका महान योगी, दार्शनिक तथा स्वतन्त्रता सेनानी महर्षि श्री अरविंदोको १५३औं जन्मजयन्तीको अवसरमा श्री अरविंदो योगा मन्दिरद्वारा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ।
कार्यक्रम २०८२ भदौ ५ गते, शुक्रबार (२२ अगस्ट २०२५) ललितपुरको जावलाखेलस्थित डीएभी स्कूलमा दिउँसो ४ बजे देखि सुरु हुनेछ।
“श्री अरविंदोको जीवन र दर्शनबारे प्रवचन” शीर्षक दिइएको कार्यक्रममा स्वामी रामचन्द्र दासले श्री अरविंदोको आध्यात्मिक यात्रा, मानव जीवनप्रतिको दृष्टिकोण तथा समग्र योगको अवधारणामाथि आधारित सम्बोधन प्रस्तुत गर्नुहुनेछ।
कार्यक्रममा शास्त्रीय भरतनाट्यम नृत्य, नेपाली लोकनृत्य, भजनहरू तथा आध्यात्मिक गीतहरू प्रस्तुत गरिनेछ। आयोजक संस्थाका अनुसार कार्यक्रम सर्वसाधारणका लागि निःशुल्क र खुला हुनेछ।
श्रीअरविंदोको योग मन्दिरको स्थापना सन् १९९३ (वि.सं. २०५०) मा स्वामी रामचन्द्र दासद्वारा काठमाडौंको थानकोटमा गरिएको थियो। उहाँले भारतको पुडुचेरीमा १२ वर्ष श्री अरविंदोको आश्रममा रहेर तपस्या गरेपछि नेपाल फर्केर आश्रमको स्थापना गर्नुभएको हो।
आश्रमले समग्र योग, आत्मनिर्भर शिक्षा, सेवा र कृषिमार्फत सयौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जानकारी आश्रमका ब्यबस्थापक प्रेम भुसालले बिन्दु पोस्ट संगको कुराकानीमा बताए ।
उनले कार्यक्रममा सहाभागी भइ दिन का लागि पनि सबैमा आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।