यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल
२०८२ असार ३२ बुधवार
- बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भईरहेको बताएका हुन् ।
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् ।
बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भईरहेको बताएका हुन् ।
उनले भने, ‘यातायातको क्षेत्र धेरै विकास भएको छ । यसलाई व्यवस्थित गर्दैछौ । यातायात व्यवसायीहरुसँग बसेर हामीले उहाँहरुको समस्याका बारेमा छलफल गरेका छौ । समस्या समाधानका निम्ति हामीले प्रयत्न गरेका छौ । संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहहरुले आफ्नो आफ्नो अधिकार अनुसार काम भईरहेका छन् । कतिपय प्रदेशले गर्ने काम संघले गरिरहेको छ । ड्राइभिङ लाइसेन्सको समस्याको समाधान भईसकेको छ ।’
उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरि राजमार्गहरु निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए ।
उनले भने, ‘हामी पूर्वपश्चिममा चार वटा राजमार्गहरु बनाउँदै छौ । त्यसमध्ये एउटा एसियन स्ट्रेन्जरको एसियन राजमार्ग बनाउँदै छौ । सबैभन्दा दक्षिणतिरको हुलाकि राजमार्ग, मदनभण्डारी राजमार्ग, पहाडी राजमार्ग यी पूर्वदेखि पश्चिमसम्म समेट्ने राजमार्ग बनाउँदै छौ । यसको प्रगति धेरै गतिमा त हैन तर ठिकै गतिमा यसको प्रगति भईरहेको छ । उत्तरदक्षिणका कोरिडोरहरु बनाउँदै छौ हामी यी कोरिडोरहरु रहर लाग्दा बनिरहेका छन् ।’ उनले सोचे जस्तो प्रगति गर्न नसके पनि काम भने भईरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।