- रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।
काठमाडौं : सोमबार राती तिब्बतमा आएको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पुर्ण रुपमा बिच्छेद भएको छ ।
रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।
रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेका केहि विद्युतीय गाडि र मालबाहक ट्रकहरु बाढीले बगाएको बताउँदै उनले हालसम्म के कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको बताएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने बाढीका कारण भन्सार यार्डमा स्टक गरेर राखिएको इभी गाडीहरु बगाएको र अर्बौको रुपैयाँ बराबरको क्षति भएको अनुमान रहेको बताए ।
रसुवा जिल्लाको टिमुरेमा धेरै जनधनको क्षति भएको र राहत र उद्धारका लागि सम्बन्धित मन्त्रालयमा पुगेर समन्वय गर्ने तयारी भएको उनले जानकारी दिए ।
१८ जना सम्पर्क बिहिन र ९ जनाको उद्धार
रसुवा जिल्ला प्रशासनको जानकारी अनुसार बाढीका कारण हाल सम्म १८ जना सम्पर्क बिहिन र ९ जनाको सकुसल उद्धार गरिएको छ । सहायकि जिल्ला अधिकारीका अनुसार हाल सम्मको विवरण अनुसार तीनजना प्रहरी, रसुवाभन्सारको जाँचपास यार्डमा काम गर्ने कामदार ९ जना र ६ जना चीनियाँ नागरिक सहित १८ जना हाल सम्म सम्र्पक विहिन छन् । त्यसैगरी, बाढीमा फसेका ९ जनाको सकुसल उद्धार गरिएको छ ।
‘बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको बाँधमा आंशीक क्षति पुगेको छ । अन्य जलविद्युत आयोजनामा पनि सर्तकता अपनाउन आग्रह गरिएको छ । केहि आयोजनाको उत्पादन रोकिएको अवस्था छ,‘ अधिकारीले भने । ‘नेपाल प्रहरी, शस्त्र प्रहरी बल र नेपाली सेना सहित १२० जनाको सहयोगमा उद्धार कार्य जारी छ । प्रमुखजिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा समितका सबै निकायहरु घट्नास्थलमा निरक्षण र उद्धार कार्यवजारी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।