नाला–भक्तपुर सडकखण्ड सञ्चालनमा

२०८२ असार २२ आईतवार
सारांश
  • काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।

काठमाडौं :  अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ । 


काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।


भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो ।

 
शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो । 


मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार