दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

२०८२ असार १९ विहिवार
सारांश
  • समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

 

समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

 

प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो । 

 

विहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार