- श्रम कार्यालय पोखराका प्रमुख उपसचिव सुरेश ढकालले कानुनले बालश्रम निषेध गरे पनि सहरी क्षेत्रमा विभिन्न बहानामा बालबालिकालाई काममा लगाउने गरिएको बताए।
गण्डकी, १७ असारः तीनवटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम रोक्न सकिनेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा सोमबार सञ्चालित कार्यक्रमको सामाजिक लेखाजोखा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले श्रम क्षेत्रमा रहेका बालबालिकाको पुनःस्थापना, पारिवारिक पुनर्मिलन तथा अनौपचारिक/औपचारिक शिक्षाका कार्यक्रम पनि सँगसँगै सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।
बालश्रमविरुद्धको अभियन्ता तथा स्वान्त सुखाय परोपकार प्रतिष्ठानका अध्यक्ष प्रा डा कृष्णकुमार श्रेष्ठले बालबालिकालाई श्रममा नलगाउने वातावरण बनाउन र उनीहरूलाई उचित शिक्षा दिँदा यो समस्या समाधान हुने धारणा राख्नुुभयो । सबैको समूहिक प्रयासमा बालश्रमको न्यूनीकरण गर्न सकिने उनले बताए ।
श्रम कार्यालय पोखराका प्रमुख उपसचिव सुरेश ढकालले कानुनले बालश्रम निषेध गरे पनि सहरी क्षेत्रमा विभिन्न बहानामा बालबालिकालाई काममा लगाउने गरिएको बताए। रोजगारदाता लक्षित सचेतना कार्यक्रमका साथै उनीहरूका अभिभावकलाई पनि दायित्वबोध गराउनुपर्ने उनको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम उन्मूलनका लागि गरेका कामबारे चर्चा गर्दै यो अभियानमा सरकारी निकायको सहयोग कम भएको गुनासो गरे। नजिकको सिंहदरबार भनिएको स्थानीय तह सक्रिय हुने हो भने बालश्रम रोक्न सकिने उनले धारणा राखे।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले कमजोर आर्थिक अवस्था रहेका बालबालिकालाई कसैले उचित हेरचाहसहित शिक्षा दिएको छ भने त्यसलाई बालश्रम मान्न नहुने र व्यावहारिक पाटो हेर्नुपर्ने धारणा राखे।
कार्यक्रममा पोखरा–४ का वडा सदस्य पार्वती माकाजु, सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनलगायत वक्ताले बालश्रमको न्यूनीकरणका लागि सबै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयास आवश्यक रहनेमा जोड दिएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका सहजकर्ता भक्तराज रसाइलीका अनुसार सामाजिक विकास केन्द्रको अध्ययनबाट पोखरामा ३२३ जना बालिकासहित एक हजार १४७ जना बालश्रमिक रहेका छन् । तीमध्ये वर्कसप, ग्यारेज र मेटल उद्योगमा काम गर्नेको सङ्ख्या करिब ६५० रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।