- आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई सहज भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए ।
काठमाडौं : मुलुक संघीय संरचनामा गइसकेपछि शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहले तयार गरिरहेका शैक्षिक पाठ्यक्रमहरु प्रभावकारी बन्दै गएको पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ ।
आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई सहज भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा पौडेलले भने,‘मुख्य विषय बाहेक स्थानीय आवश्यक्ताका विषयहरु स्थानीय तहले नै तयार गर्छन् । किनकी स्थानीय आकांक्षा र आवश्यक्ताहरु केन्द्रले समेट्न सक्दैन् । हामी प्राविधिक सहायता गरिरहेका छौं । तर जति काम भइरहेका छन् ति प्रभावकारी छन् ।’
उनले पाठ्यक्रम निर्माणमा व्यवहारिकता, सशोधन गर्नुपर्ने विषयहरु शिक्षण सिकाइका माध्यमहरु, हाँसिल गरेका सिकाइ उपलब्धिहरु एवम टुसहरुका आधारमा पाठ्यक्रम बनाउने गरेको पनि बताए ।
शिक्षण सिकाइको मुल्यांकन गर्दा सुनियोजित व्यवस्थापन गर्ने, सैद्धान्तिक कुरालाई व्यवहारमा परिर्वतन भयो कि भएन भन्नेकुराको मुल्यांकन पाठ्यक्रमले नै गर्नेगरि सुझाव दिने गरेको समेत जानकारी दिए । उनले कहिले विज्ञहरुको सुझाव लिएर पाठ्यक्रम विकास गर्ने गरेका त कहिले स्थानीय तह, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा सिकाइ सामग्री तयार गर्ने गरेको बताए ।
स्थानीय स्तरको शिक्षण विकासका लागि स्थानीय पालिकाहरुले अलग्गै शाखा वा महाशाखा स्थापना गरेर काम गरिरहेकाले पाठ्यक्रम विकास केन्द्रसँग काम गर्न सहज भएको औंल्याए । शिक्षासँग सम्बन्धित कर्मचारी वा शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरु पालिकामा रहने व्यवस्था भएकाले काम गर्न सहज भएको उनको बुझाइ छ ।
पाठ्यक्रम विकास केन्द्रले एउटा टिओआर अनुसार काम गर्नुपर्ने भएकाले हाल विद्यालय शिक्षाको लागि कक्षा १ देखि १२ सम्म पढाइ हुनेविषयहरुका पाठ्यक्रमको निर्माण गर्ने गरेको जानकारी दिंदै र त्यो पाठ्क्रमले अपेक्षा गरेके सिकाइ उपलब्धि, सक्षमतालाई विद्यार्थीको व्यवहार लागू भए नभएको मूल्यांकन गरिने उनले जानकारी दिए ।
स्थानीय तहले तयार गर्ने पाठ्यक्रम सैद्धान्तिक रुपमा कत्तिको व्यवहारिक छ त्यसका आधारमा बाँकी काम गरिने गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।