इद जस्तो पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्छ: राष्ट्रपति
२०८२ जेठ २४ शनिवार
- आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने मेरो विश्वास रहेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने चाड पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताएका छन् ।
मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा शुभकामना सन्देश दिदैँ उनले यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीबीचको एकता, राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै जाने पनि बताए ।
‘विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवम् सहअस्तित्वका आधारमा आ आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु । आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने मेरो विश्वास रहेको छ ।’ जारी सन्देशमा छ ।
यस्तै, उनले इदको माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।