नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

२०८२ जेठ ११ आइतबार
सारांश
  • श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक संभावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 


श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक संभावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए । 


नेश्नल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरुसंगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भईसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे । 


नेपालमा लगानीका क्षेत्रहरुबारे श्रीलङ्काका व्यवसायीहरुलाई जानकारी दिदैं अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाई छ । 


कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरु, लगानीको चुनौती नीति तथा कानूनी संरचना लगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलङकाको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार