- कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो ।
जनकपुर : ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो ।
सो क्रममा क्यान धनुषाका अध्यक्ष विनय साहले वर्तमान युग कम्प्युटर र प्रविधिको भएको उल्लेख गर्दै प्रगतिको लागि कम्प्युटर ज्ञान अपरिहार्य रहेको बताए ।
‘डिजिटल नेपालको सपना साकार पार्न सामूहिक सोच र प्रयासको खाँचो छ,’उनले भने । उनले प्रविधि बिना अहिले विकास सम्भव नभएको भन्दै नयाँ सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार गर्न गम्भिर भएर लाग्नुपर्ने बताए ।
उनले अन्य देशको तुलनामा प्राविधिक क्षेत्रमा नेपाल कयौं गुणा पछाडि रहेकाले तीनै तहको सरकारलाई प्रविधिमैत्री बन्न सुझाव दिए ।
प्रभातफेरी कार्यक्रममा क्यान धनुषाका संस्थापक अध्यक्ष तथा पत्रकार प्रवीण साह, सचिव विमलेश झा, कम्प्युटर शिक्षक प्रमोद पण्डित, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।